बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङका एसपीलाई कोरोना संक्रमण

मङ्गलबार, २७ साउन २०७७, २१ : २१
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार एसपी रेग्मीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । 

साउन २५ गते एसपीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणपछि मंगलबार आएको रिपोर्टमा एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ । 

एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गर्ने र अन्य प्रहरीहरुको पनि स्वाब लिएर परीक्षणको लागि पठाउने तयारी भइरहेको छ । 

यसअघि स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कँडेललाई कोरोना भाइरस संक्रमण भएको थियो । तर, एसपी कँडेल निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप