बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भुटानमा पनि लकडाउन घोषणा

मङ्गलबार, २७ साउन २०७७, २३ : ४८
मङ्गलबार, २७ साउन २०७७

एजेन्सी । कोरोना भाइरस महामारीबाट बच्न भुटान सरकारले पनि लकडाउन घोषणा गरेको छ । विदेशबाट राजधानी थिम्पु फर्किएकी एक महिलामा कोरोना पोजेटिभ पाइएलगत्तै सरकारले लकडाउन घोषणा गरेको हो ।

स्थानीय प्रशासनका अनुसार ती महिला इराकको कुवैत शहरबाट थिम्पु पुगेकी थिइन् । उनलाई क्वारेन्टाइनबाट भर्खरै डिस्चार्ज गरिएको थियो । त्यसलगत्तै उनले राजधानी थिम्पुमा थुपै्र आफन्तहरुलाई भेटेकी थिइन् । क्वारेन्टाइनमा गरिएको स्वास्थ्य परीक्षणमा नतिजा नेगेटिभ देखिएपनि एउटा निजी क्लििनकमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

यो गल्तीले राजधानी थिम्पुमा तिव्र गतिमा कोरोना संक्रमणका केसहरु बढ्न सक्ने भन्दै स्थानीय प्रशासन चिन्तित देखिएको छ । त्यसैले लकडाउन विकल्प छनौट गरिएको हो । दक्षिण एसियाली मुलुकहरुमा भुटानमा कोरोनाको प्रभाव त्यति परेको थिएन र संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यहाँ संक्रमितहरु पनि त्यति धेरै देखिएका छैनन् । लकडाउनपछि अब त्यहाँ सवारी साधनमा प्रतिबन्ध लाग्नेछ भने आवतजावतमा समेत प्रतिबन्ध लाग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप