बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतः प्रहरी फायरिङमा दुईको मृत्यु, सोसल मिडियामा ‘आपत्तिजनक’ पोस्टपछि हिंसा

बुधबार, २८ साउन २०७७, ०७ : ११
बुधबार, २८ साउन २०७७

भारतको पूर्वी बेंगलुरुमा प्रहरी फायरिङमा दुईको मृत्यु भएको छ ।

उग्र भीडले दुई प्रहरी स्टेशन र कांग्रेसका एक विधायकको घरमा हमला गरेका थिए जसका कारण प्रहरीले गोली चलाउनुपरेको थियो ।

उग्र भीड सोसल मिडियामा एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै प्रहरी स्टेशन पुगेको थियो ।

बेंगलुरुमा प्रहरी कमिश्नर कमल पन्तका अनुसार डिगे हलली र केजी हल्ली इलाकामा करफ्यू लगाइएको छ र पूरा शहरमा धारा १४४ लागू गरिएको छ ।

पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक आफन्तले कथित रुपमा सोसल मिडियामा एउटा आपत्तिजनक पोस्ट राखेका थिए जसको विरोधमा भारी संख्यामा मानिसहरु मंगलबार बेलुका प्रहरी प्रहरी थाना पुगे र पोस्ट राखेको विरुद्धमा कारवाहीको माग गरे ।

अर्को भीड कांग्रेस विधायकको घर पुग्यो ।

प्रहरीका अनुसार उग्र भीडले एफआईआर दर्ता गर्न र धार्मिक भावनाललाई ठेस् पुर्याएकोमा विधायकका आफन्तलाई तुरुन्त पक्राउको माग गरेका छन् । भीड अनियन्त्रित भयो र थाना बाहिर राखिएका केही गाडीमा आगलागीसमेत गरियो । विधायकको घरमा गएको भीडाले पनि त्यहाँ राखिएका गाडीमा आगजनी गरे ।

प्रहरी कमिश्नरका अनुसार सोसल मिडियामा पोस्ट गर्नेहरुलाई हिरासतमा लिइएको छ ।

अभियुक्तको नाम नविन हो जो विधायकका भतिजो हुन् ।

प्रहरी कमिश्नरले भने, ‘प्रहरीमाथि ठूला ढुङ्गाले हमला गरियो । अचानक बिजुती आपूर्ती बन्द भयो र भीडलाई नियन्त्रण गर्न हामीलाई केही समय लाग्यो । प्रहरी स्टेशनको चारैतिर हमला गरिएको थियो त्यसैले प्रहरीसँग गोली चलाउने बाहेक अन्य कुनै विकल्प थिएन ।’

कर्नाटकका गृहमन्त्री बसवराज बोम्मईले पनि प्रहरी फायरिङमा दुईजनाको ज्यान गएको पुष्टि गरेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप