शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मुलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

बुधबार, २८ साउन २०७७, ०९ : ५१
बुधबार, २८ साउन २०७७

क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई मंगलबार राष्ट्रपति पदका प्रत्यासी जो बाइडेनले उपराष्ट्रपतिका रुपमा उभ्याएका छन् । आफुले चुनाव जितेमा ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा उनले गरेका हुन् ।

आगामी चुनावमा रिपब्लिकनतर्फका प्रत्यासी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ७८ वर्षका बाइडेनले चुनौती दिदैंछन् । ५५ वर्षीया ह्यारिस अहिले सिनेट सदस्य छिन् । उनी यसअघि क्यालिफोर्नियाको महाधिवक्ता बनिसकेकी छिन् । अमेरिकी इतिहासमा यसअघि दुुई पटकमात्रै महिलाहरु उपराष्ट्रपतिको उम्मेदवार थिए । सन् १९८४ मा डेमोक्रेटिकबाट गेराल्डिन फेरारो र २००८ मा रिपब्लिकनबाट सारा पालिनलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याइएको थियो । तर, यी दुुबै अवसरमा आफ्नो पार्टी पराजित भएकाले उनीहरुले सफलता हासिल गरेनन् ।

तमिलनाडुकी आमा र अफ्रिकन पिता

कमला ह्यारिसको पहिचान भारतीय–अमेरिकनका रुपमा छ । उनकी आमा श्यामला गोपालन भारतको तमिलनाडु राज्यबाट बसाई सरेर अमेरिका पुुगेकी थिइन् । श्यामलाका बाबु भारतका स्वतन्त्रता सेनानी थिए, उनले स्वतन्त्रतापछि भारतमा सरकारी कर्मचारीका रुपमा काम गरे ।

कमलाका बाबु डोनाल्ड ह्यारिस भने जमैकाका हुन् । उनी अर्थतन्त्रका प्रोफेसर थिए । उपराष्ट्रपतिका उम्मेदवारहरुको सूचीमा अश्वेत व्यक्तिको नाम समावेश भएको यो नै पहिलो अवसर हो । 

कमलाले यसअघि डेमोक्रेटिक पार्टीतर्फबाट राष्ट्रपतिका लागि दाबेदारी पेश गरेकी थिइन् । तर जो बाइडेन र बर्नी स्यान्डर्सभन्दा निकै कम भोट पाएपछि उनी यस दौडबाट बाहिरिएकी थिइन् ।

स्रोत : एमएसएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप