बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

बुधबार, २८ साउन २०७७, १० : ४३
बुधबार, २८ साउन २०७७

काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे ।

त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप