शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि–बुकिङ्ग खुल्योः कम्प्युटर जत्तिकै सहज, आकर्षक अफरसहितका यस्ता छन् विशेषताहरु

बुधबार, २८ साउन २०७७, १२ : ४१
बुधबार, २८ साउन २०७७

काठमाडौं । नेपालको विश्वासिलो ब्राण्ड सामसङले हालै ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोनहरुको प्रि–बुकिङ्ग खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङ्गसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।

ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुन्छ । 

सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणय रत्न स्थापितले भने, “नेपालमा, हाम्रा नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन, यसको शक्ति एवं सहजता सबैभन्दा उत्कृष्ट रहेको छ । ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राले अझै बढी सहजता एवं स्वतन्त्रता प्रदान गर्दछ । यसमा निरन्तर वर्क र प्ले गर्न सकिन्छ । हामीले यसै वर्ष ग्यालेक्सी नोट २० अल्ट्रा पनि बजारमा प्रस्तुत गर्न गइरहेका छौं ।

पृर्थक कार्य गर्ने शैली
सामसङको लेटेस्ट नोट सिरिजमा कार्य गर्ने शैली पृथक रहेको छ– यसको एस पेनको सहयोग एवं   सामसङ नोटमा भएका विशेषताहरुले कुनै पनि समयमा जहाँबाट पनि कार्य गर्ने स्वतन्त्रता प्रदान गर्दछ । एडभान्स एस पेनले नियमित नोट प्रयोगकर्ताहरु एवं मल्टि–टास्करर्सहरुलाई ग्यालेक्सी नोट२० सिरिजको इन्ह्यान्स्ड एस पेनले अनलिमिटेड राइटिङ्ग अनुभव प्रदान गर्दछ । यसले सही एवं अझै बढी शुद्धता ल्याउन मद्दत गर्दछ । एस पेनमा भएको पाँच नयाँ एनिह्वेयर एक्सनले डिभाइसलाई टचलेस नेभिगेसन–जस्तै होम स्क्रिनमा जान वा स्क्रिनसट लिन झनै सहज बनाउँछ ।  

सामसङ नोटका एपहरुको सहज एवं उपयोगी अनुभव
फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ, सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा तपाईंले हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्दछ । साथै पीडीएफमा भएका विषय वस्तुहरुलाई सहजै हाइलाइट गर्न पनि सकिन्छ  साथै तपाइँले सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई पीपीटीएसमा सहजै रुपान्तरण गर्न सकिन्छ । साथै नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ । यसका सबै विषय वस्तुहरुलाई व्यवस्थित रुपमा फोल्डरहरुमा सुरक्षण गर्न पनि सकिन्छ र सहजै आवश्यकता भएको बेला पाउन सकिन्छ । 

कम्प्युटबाट पनि एक्सेस गर्न सकिने
माइक्रोसफ्टको योर फोन विन्डोज इन्टिग्रेशनको साथ अव तपाईले आफ्नो फोनलाई विना रुकावट विन्डो १० भएको कम्प्युटरबाट सहजै एक्सेस गर्न सकिन्छ । अझै सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ । आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन । 

सामसङ डीइएक्सको साथ मल्टि टास्किङ्ग सुविधा
सामसङ डीइएक्सको साथ पहिलो पटक ग्यालेक्सी नोट २० सिरिजका फोनहरुलाई स्मार्ट टिभीमा सहजै कनेक्ट गर्न सकिन्छ । यसरी कनेक्ट गरेर ठूलो स्क्रिनमा आफूलाई मनपरेको विषयवस्तु हेर्न वा खेल्न सकिन्छ । साथै दुईवटा स्क्रिनलाई व्यवस्थित रुपमा सञ्चालन गरी एकै पटक स्मार्ट टिभीमा भिडियो हेर्न र सँगै साथीलाई म्यासेज पठाउन पनि सकिन्छ । 

शक्तिशाली गेमिङ्ग
पूरै शक्तिशाली गेमिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले यस फोनको इन्जिनियरिङ्ग निर्माण गरेको छ । यससँगै प्रो–लाइक गेमहरु कहीँ पनि खेल्न सकिन्छ ।
-आफ्नो मोबाइल फोनलाई अल्टिमेट गेमिङ्ग प्याकेजमा बदल्न सकिन्छ । कम्पनीको फ्ल्यागसिप लेभलको प्रोसेसर ७एनएम, गेम बुस्टर तथा १२०Hzको रेस्पोन्सिभ डिस्प्लेले वास्तवमै गेमिङ्गको मज्जालाई माथिल्लो स्तरसम्म पु¥याउछ । 

एडप्टिभ १२०Hzको डिस्प्ले
पहिलो पटक नोट सिरिज अन्तर्गत ग्यालेक्सी नोट २० अल्ट्रामा स्पष्ट एवं सफा Dynamic AMOLED 2X डिस्प्ले तथा एडप्टिभ 120Hz को रिफ्रेस रेट रहेको छ, । यसबाट भिडियो हेर्दा वा गेम खेल्दा स्मुथ अनुभव प्राप्त हुन्छ । यसले स्वतः रुपमा कन्टेन्टहरुलाई एडजस्ट गरी ब्याट्री क्षमतालाई वृद्धि गर्दछ । ग्यालेक्सी नोट २० सिरिजमा भएका प्रो ग्रेड टुलस्हरुले अद्वितीय फोटो खिच्न र सिनेम्याटिक स्टाइल भिडियोहरु बनाउन विशेष सहयोग पु¥याउदछन् । 

सिनेम्याटिक–स्टाइलमा फिलिम
२१ः९ को रेसियो र २४एफपीएसको रेकडिङ्गमार्फत  ग्यालेक्सी नोट २० सिरिजको ८के क्यामराले उच्चस्तरीय रेजुल्युसनमा भिडियो खिच्न सकिन्छ । यसमा भएको प्रो–भिडियोको साथ सिनेम्याटिक भिडियोको लागि प्रो–ग्रेड फोकस, अडियो, एक्पोजर, जुम स्पीड कन्ट्रोलर, एफएचडीको साथ १२०एफपीएस भिडियो जस्ता मोडहरु उपलब्ध रहेका छन् । यसको साथै प्रयोगकर्ताले अडियो सोर्सलाई कन्ट्रोल गर्न पनि सकिन्छ । अनबोर्ड माइक वा एक्टर्नल सोर्स मध्ये कुनै एक छनौट गर्न सकिन्छ, जसले गर्दा तपाइँलाई सफा साउण्ड प्राप्त हुन्छ । 

ग्यालेक्सीको शक्तिशाली कार्य क्षमता
दुबै ग्यालेक्सी नोट २० तथा र नोट २० अल्ट्रा नयाँ आकर्षक रंगमा उपलब्ध रहेका छन्,– सफ्ट नेच्युरल टोन जसले नयाँ ट्रेन्ड, टेक्स्चर हेज इफेक्टलाई कट डाउन गरी फिङ्गरप्रिन्ट छापहरुबाट फोनलाई जोगाउँदछ । ग्यालेक्सी नोट २० फोन माइस्टिक ब्रोन्ज, माइस्टिक ग्रे तथा माइस्टिक ग्रिन रंगमा उपलब्ध छ भने ग्यालेक्सी नोट २० अल्ट्रा फोन माइस्टिक ब्रोन्ज तथा माइस्टिक ब्लयाक रंगहरुमा उपलब्ध रहेको छ । 

मूल्य तथा प्रि–बुक अफरहरु
ग्यालेक्सी नोट २० को नेपाली बजारमा एक लाख नौं हजार नौं सय ९९रहेको छ भने ग्यालेक्सी नोट २०अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौं सय ९९तोकिएको छ । ग्यालेक्सी नोट २० तथा र नोट २० अल्ट्रा फोन साउन २८ गते देखि भाद्र १२ सम्म ग्राहकहरुले सामसङ ब्राण्डसप मार्फत तथा रिटेल स्टोरहरुबाट बुकिङ्ग गर्न सकिन्छ ।ग्यालेक्सी नोट २० अल्ट्रा को प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुले यी मध्ये कुनै एक छनौट गर्न सक्नेछन् ।

- ग्यालेक्सी बडं  वा ग्यालेक्सी वाच ३ (४५एमएम) रु २९ हजार नौं सय ९९मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २७ हजार नौं सय ९९मा खरिद गर्न सकिन्छ । त्यसैगरी, सामसङ एलइडी टिभी (३२ इन्च) आठ हजार नौं सय ९९मा खरिद गर्न सकिनेछ ।

त्यसै गरी नोट २०को प्रि–बुकिङ्ग गर्ने ग्राहकले यी मध्ये कुनै एक छनौट गर्न सक्नेछन् ।

-ग्यालेक्सी बडं  वा ग्यालेक्सी वाच ३ (४५ एमएम) ३१ हजार नौं सय ९९मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २९ हजार नौं सय ९९मा खरिद गर्न सकिन्छ । त्यसैग्री सामसङ एलइडी टिभी (३२ इन्च) नौं हजार नौं सय ९९मा खरिद गर्न सकिनेछ ।

यसका साथै, प्रि–अर्डर गर्दा देहाय बमोजिको गिफ्ट पनि प्राप्त गर्न सकिने छः
-टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७ प्रतिशतसम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा ५प्रतिशतसम्म छुट 
- सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुमहरु उपलब्ध
-लेट मि इनको सेवामा छुट 
-सेलपेका प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्ट 

अग्रिम अर्डर गर्ने ग्राहकहरुलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । साथै अर्को स्टोर तथा आइएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्ने सकिने सुविधा रहेको छ । 

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्रका लागि स्वतः योग्य हुनेछन् । जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट इयूका देशहरुमा दुइतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो तथा चौंथो हुनुहुने ग्राहकले ग्यालेक्सी बडं पाँचौं र छैटौं हुने ग्राहकहरुले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्ट मध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बि एण्ड बि को बेसिसमा पाउनेछन् । सातौं भाग्यशाली विजेताले लेट मि इनको तर्फबाट १० हजार बराबरको कुपन पनि पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप