शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोटी दुर्घटनामा मृत्यु हुनेको सनाखत

बुधबार, २८ साउन २०७७, १२ : ५७
बुधबार, २८ साउन २०७७

डोटी । डोटीमा बस दुृर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का पदम साउद,चौरपाटी अछाम ७ का टीकाराम बिक र साफेबगर नगरपालिका २ का लक्ष्मीदेबी बिक रहेका छन् । 
सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवंएसपी लोकेन्द्र बहादुर श्रेष्ठका अनुसार बुधबार बिहान डोटीको पुर्बिचौकी गाउपालिका  १ फुलटमाना.६ ख २५२९ नम्बरको बस दुर्घटना भएको थियो । 
सो बसमा सवार ३२ मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको थियो । २९ जना घाईतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप