महोत्तरीमा थप १ कोरोना संक्रमितको मृत्युु
बुधबार, २८ साउन २०७७, १५ : ००
जनकपुर । महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो ।
उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएको थियो । हिजो मङ्गलबार महोत्तरीमा ११ जना संक्रमीत मध्य उनिमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यता, मृतकको दाहासंस्कारमा गएका करिब ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होम क्वारेन्टीनमा बस्न मटिहानी पालिकाले आग्रह गरेको छ भने मठिहानीको बजार क्षेत्र र वार्ड नम्बर ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । यससङ्गै महोत्तरीमा मृतकको संख्या २ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ