साँखुमा भेटिए ३ कोरोना सङ्क्रमित
बुधबार, २८ साउन २०७७, १६ : ४१
काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।
सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ