शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दिवासका तीन वडामा निषेधाज्ञा थप

बुधबार, २८ साउन २०७७, १७ : ०६
बुधबार, २८ साउन २०७७

बर्दिवास । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ ।  सरोकारवालाहरुको  संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ । 

कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए । 

बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप