बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी चौकीभित्रै मृत फेला

बुधबार, २८ साउन २०७७, १७ : २६
बुधबार, २८ साउन २०७७

कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।  उनलाई मदिरा सेवन गरि बन्चरो र हसिया लिएर गाउँलेलाई तर्साउने गरेको सूचनाको आधारमा पक्राउ गरि प्रहरी चौकी बौलियामा ल्याएको विष्टले बताए  । 

आज दिउँसो १२ः४० बजे पिसाब फेर्न जाने भन्दै टवाईलेट गएका उनलाई मृत भेटिएको उनले बताए । उनको साथमा बिलेट भेटिएको र  मुखबाट रगत आइरहेको समेत उनले बताए । आजै उनलाई पोस्टमार्टमका लागी सेति प्रादेशिक अस्पतालमा लगिएको विष्टको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप