शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन

बिहीबार, २९ साउन २०७७, ०६ : १७
बिहीबार, २९ साउन २०७७

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उनले जोड दिएका छन् ।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् । 

कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उनले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गरे । कोरोनाको महामारीका कारण वैशाखमा सुरु हुनुुपर्ने शैक्षिक सत्र अहिलेसम्म प्रारम्भ हुन सकेको छैन । सरकारले असार १ गतेदेखि भने वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठनलाई भने निरन्तरता दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप