शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी राजकुमारसँग प्रेमसम्बन्धमा थिइन् ज्याकलिन

बिहीबार, २९ साउन २०७७, ०७ : १३
बिहीबार, २९ साउन २०७७

एजेन्सी – बलिउडकी सुन्दर अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भइन् । फर्नान्डिज अभिनेत्री तथा मोडल हुन् । उनले २००६ को मिस युनिभर्स श्रीलंका पीजेन्टको ताज समेत जितेकी छिन् । 

उनी मल्टी एथनीक परिवारकी हुन् । उनका पिता श्रीलंकाका र आमा मलेशियाकी हुन् । 

ज्याकलीनले बहरीनमा पढेकी हुन् । उनले अष्ट्रेलियामा सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छिन् । उनले टेलिभिजन रिपोर्टरको समेत काम गरेकी छिन् । 

ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिश, फ्रेन्च र अरेबिक  भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् । 

ज्याकलीनलाई विभिन्न प्रकारका खाना बनाउन जान्दछिन्  ।

ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन राशिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलीज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए । 

ज्यानलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलीनलाई बान्द्राको ३ बीएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरिदिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप