बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय जाली नोट कारोबारीका नाइके इल्ताफ हुसेन पक्राउ

बिहीबार, २९ साउन २०७७, ०९ : ४०
बिहीबार, २९ साउन २०७७

काठमाडौं – सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।

साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो ।

सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।

बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् । जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख  जरिवाना हुने फैसला गरेको थियो । फैसलाको पाँच बर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परेका थिए ।

जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप