फेरि फिल्म निर्माण गर्दै पूजना
बिहीबार, २९ साउन २०७७, १२ : १६
काठमाडौं । अभिनेत्री पूजना स्त्रीले फेरि फिल्म निर्माणमा जुटेकी छन् । केही पहिले ‘चकलेट’ फिल्म निर्माण गरेकी पूजनाले अहिले नयाँ फिल्मको कार्य थालिसकेकी छन् । उनले निर्माण गर्ने फिल्मको अहिले कथा लेखन सकिएको छ । केही दिनमै फिल्मका लागि गीत रेकडिङ हुने र कलाकार छनौट गरिने उनले बताइन् ।
फिल्म ‘चकलेट’पछि पर्दामा पनि नदेखिएकी पूजना अभिनित पछिल्लो फिल्म ‘नालापानी’ प्रदर्शनमा आउन बाँकी रहेको छ । एकसमय बोल्ड दृश्य दिएर चर्चामा रहेकी पूजानाको श्रीमान् लगायत केही फिल्मले राम्रै सफलता हात परेका थिए । अभिनय क्षमता भएपनि फिल्मका निर्माता निर्देशकसँग कामको लागि हात नजोड्ने बानीका कारण केही अभिनेत्रीपछि परेका छन् हाम्रो फिल्म क्षेत्रमा । ती मध्यकी एक पूजना पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)