शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानमा लामा नेतृत्वका पदाधिकारीद्वारा जिम्मेवारी बहन

बुधबार, २८ भदौ २०७४, ०९ : १७
बुधबार, २८ भदौ २०७४

जापान - गैरआवासीय नेपाली संघ एनआरएनए, जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी पाएका छन् । 

नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् । 

सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पाउन नसकेका पदाधिकारीले पद तथा गोपनीयताको शपथसँगै जिम्मेवारी सम्हालेका छन् । 

जिम्मेवारी सम्हाल्ने नयाँ कार्यसमतिको अध्यक्षमा टासी वाङ्दी लामा रहेका छन् । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष पदमा क्रमशः देवीलाल भण्डारी, शिवप्रसाद पौडेल, सरोजकुमार खत्री र अनिता गुरुङ रहेका छन् । उनीहरुमध्ये पौडेल र खत्री निर्वाचनबाट र भण्डारी र गुरुङ सहमतिमा चयन भएका थिए । 

त्यस्तै, कोषाध्यक्ष, महासचिव र सचिवमा क्रमशः अनिता लामा, बुद्धिराज घिमिरे र जनकविक्रम शाही रहेका छन् । शाही निर्वाचित र सहकोषाध्यक्षका रामबहादुर थापा एकल उम्मेदवारीबाट चुनिएका हुन् । 

यसैगरी, सदस्यमा बालकृष्ण कँडेल, लालबहादुर रावल, नारायण खड्का, राजनकुमार पौडेल र महिला सदस्यमा सिर्जना पाण्डे विजयी भएका छन् । सदस्य पाँचैजना निर्वाचन प्रक्रियाबाट आएका हुन् । लामा नेतृत्वका पदाधिकारीलाई निर्वतमान अध्यक्ष सुदन थापाले सोमबार जिम्मेवारी हस्तान्तरण गरेका थिए । 

अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि सहमतिमा निर्विरोध चयन भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप