शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द

बिहीबार, २९ साउन २०७७, १४ : ०६
बिहीबार, २९ साउन २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ । 

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जनाएका छन् ।  कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप