शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा लागू औषधसहित ३ जना पक्राउ

बिहीबार, २९ साउन २०७७, १६ : २९
बिहीबार, २९ साउन २०७७

रौतहट । रौतहटमा प्रतिबन्धित लागु औषधसहित  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले लागु औषधसहित  ३ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताए ।

 निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र  लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा  उनीहरु  पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । 

उनीहरुले प्रयोग गरेको कारबाट लागुऔषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत  बरामद भएको छ भने नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर लागुऔषध ऐनअनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप