बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य तथा वैदेशिक लगानी सम्बन्धी विवाद समाधानका लागि ‘एपक्याम’ स्थापना

बिहीबार, २९ साउन २०७७, १८ : ३१
बिहीबार, २९ साउन २०७७

काठमाडौ । औद्योगिक तथा वाणिज्य क्षेत्रमा काम गर्ने गरी एपक्यामको स्थापना भएको छ । रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाटै समाधान गर्ने गरी नेपालमा एपक्यामको स्थापना भएको हो ।

एशियन प्यासिफ सेन्टर फर अरविटेसन एण्ड मिडिटेसन(एपक्याम) नामक सो संस्थाले उद्योग वाणिज्यका साथसाथै सो क्षेत्रमा बिदेशी लगानी भित्र्याउन र लगानी सम्बन्धी विवाद समाधान गर्न स्थापना गरिएको एपक्यामले जनाइएको छ । 

यसअघि महंगो खर्च व्यहोरेर बिदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्तय गर्ने र बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई सहयोग गर्ने एपक्यामले जनाएको छ । एपक्याम गत साउन २२ गते औपचारिक रुपमा बिभिन्न एशियन मुलुकका न्यायिक क्षेत्रका बिशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो । 

बिश्वब्यापी रुपमा प्रशारण भएको अनलाइन तथा अफलाइन मार्फत उद्घाटन भएको सो कार्यक्रममा नेपालका तर्फबाट पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराजशर्माले उद्धघाटन गरेका हुन् । 

विवाद शान्ति, सम्बृद्धी र विकासको बाधक भएकाले समाज  रुपान्तरण र विकासका लागि सक्रिय एशिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम नेपालमा पनि बिस्तार गरिएको  संस्थाका महासचिव तथा बरिष्ठ अधिबक्ता मातृका प्रसादनिरौलाले जानकारी दिए ।

हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफआर्विट्ेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन , हङ्गकङ इन्स्टिच्युट अफ आर्विट्ेटर्स, थायल्याण्ड आर्विट्ेशन सन्टर, अष्ट्रेलियन डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु एपक्याममा आबद्धभई संयुक्त सेवा शुरु गरेका छन् । 

नेपालकातर्फबाट एपक्याम बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव बरिष्ठ अधिबक्ता मातृका निरौला रहेका छन् भने, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुककुतुबलजमान, फामी साहेव, सिल्भियासिविङ, पसित अस्वातानापूर्ण, डेकीलोगोनेज लगाएत रहेका छन् ।

यसअघि नेपालमा केही व्यवसायिहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलापमा आधारित सेवा, त्यसै बिषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ बर्ष अघि नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एआएसी) को स्थापनाभई उद्योग वाणिज्य क्षेत्रमा काम हुँदै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप