शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

“मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” हुँदै, घरमा बसीबसी आफ्नो कला देखाउने अवसर

बिहीबार, २९ साउन २०७७, १८ : ५२
बिहीबार, २९ साउन २०७७

काठमाडौं । सिजन मिडियाले विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ ।

“मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरण हुने छ । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मानोरञ्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने अद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । 

महिलाहरुको आफ्नो आन्तरिक अभिनय कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदी क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कला मनोरञ्जनलाई ध्यानमा राखेर समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाइ अनलाइनमार्फत विस्तार गरिन लागिएको सिजन मिडियाले जनाएको छ ।

विगत १२ वर्ष देखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले यस वर्ष कोरोना महामारीको कारण विगत वर्षहरुमा गर्दै आएको कार्यक्रमहरु स्थगित गरि यस महामारीको अवस्थामा घरमा बसेका दिदीबहिनीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले अनलाइनमार्फत यो नयाँ भिडियो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ। 

उक्त कार्यक्रममा ५ विधामा प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन एक जनाले एक विधामा मात्र सहभागीता जनाउन सक्नेछन । प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोवाइल अथवा अन्य क्यामरावाट खिचेर आयोजकलाई भाइवर नं 9801344835 वा इमेल [email protected] मार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन । 

एक विधामा २० जना प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन भने यो कार्यक्रममा नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुले सहभागीता गर्न पाउनेछन । पहिलो छनौट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेशवुकमार्फत सार्वजनिक गरिनेछ भने लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङ्कनवाट प्रत्येक विधामा ३ जना विजेता छानौट २०७७ साल आगामी असोज महिनाको द्रोस्रो सातामा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, टिभी, भ्याकुम क्लिनर आदी घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३÷३ जना विजेतालाई प्रदान गरिने छ साथै उक्त पुरस्कार लकडाउन खोलेपछि एक कार्यक्रम बीच प्रदान गरिने छ । 

विजेताहरुको निःशुल्क कोरोना बीमा पनि गरिने छ साथै विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेट मि इनको तर्फवाट पनि उपहार प्रदान गरिने छ । साथै विजेताहरुलाई विभिन्न समाज सेवामा आवद्ध गराउनुका साथै विज्ञापन, म्यूजिक भिडियो खेल्ने अवसर साथै फोटोसुटको पनि सेवा प्रदान गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप