माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु
बिहीबार, २९ साउन २०७७, १९ : १८
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को भुक्तानी सेवा भित्र्याएको छ ।
नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।
उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता