शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्साको जीतमा मेस्सी नायक, पीएसजीविरुद्ध सेल्टिकको शर्मनाक हार

बुधबार, २८ भदौ २०७४, ०९ : ४२
बुधबार, २८ भदौ २०७४

बार्सिलोना । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले गत सिजन च्याम्पियन्स लिगको फाइनलिस्ट युभेन्टसलाई हराउँदै प्रतियोगिताको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

क्याम्प नाउमा भएको खेलमा बार्सिलोना ३–० गोलअन्तरले विजयी भएको हो ।

पहिलो हाफ सकिन लाग्दा अर्जेन्टिनी खेलाडीले सुवारेजसँगको वान टस पासमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा इभान र्याकिटचले बार्साका लागि दोस्रो गोल थपे ।

खेलमो ६९ औँ मिनेटमा २० यार्ड टाढाबाट गोल गर्दै मेस्सीले बार्सिलोनालाई सहज जित दिलाए ।

योसँगै लियोनेल मेस्सीले च्याम्पियन्स लिगमा २७ भिन्न क्लबविरुद्ध गोल गरेका छन् । उनीभन्दा अघि ज्लाटान इब्राहिमोविच (२९), क्रिस्टियानो रोनाल्डो (३१) र राउल (३३) रहेका छन् ।

समूह डी कै अर्को खेलमा स्पोटिङले रोमाञ्चक खेलमा ओलम्पियाकोसलाई ३–२ गोलअन्तरले हरायो ।

उता, समूह बीमा सेल्टिकले घरेलु मैदानमा खेलिएको युरोपियन प्रतियोगितामा अहिलेसम्मकै खराब नतिजा निकाल्दै पेरिस सेन्ट जर्मेनसँग ५–० ले पराजित भएको छ ।

पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन एडिसन कभानीले दुई तथा नेयमार र कायलिन एमबापेले एक–एक गोल गरे । सेल्टिकका मिकेल लस्टिगले आत्मघाती गोल गरेका थिए ।

समूह कै अर्को खेलमा बायर्न म्युनिखले १० खेलाडीमा सिमित एन्डरलेक्टलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, थियागो अल्कान्ट्रा र जोसुवा किमिचले एक–एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप