बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलराम बानियाँको मृत्युबारे छानबिन गर्न एनटीयुसीको माग

बिहीबार, २९ साउन २०७७, २० : ०८
बिहीबार, २९ साउन २०७७

काठमाडौं । वरिष्ठ पत्रकार बलराम बानियाँको मृत्युबारे छानबिन गर्न नेपाल ट्रेड युनियन काँग्रेसले माग गरेको छ । बाँनियाँको मृत्यु असामयिक रुपमा भएको भन्दै यसबारे उब्जिएका आशंकाको छानविन गर्न एनटीयूसीले माग गरेको हो ।

युनियनका महासचिव योगेन्द्र कुँवरले बिहीबार विज्ञप्ती जारी गर्दै ३ दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार मकवानपूरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखत समेत फोटोको माध्यमबाट गरिनुले प्रश्न उब्जाएको जनाइएको छ । मुलुकमा व्याप्त बेतिथि र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई युनियनले सामान्य मान्न नसकिने बताएको छ ।

‘बानियाँको निधनसंग जोडिएका सबै प्रश्नहरु र आशंकाको खोज तथा अनुसन्धान गरी सत्यतथ्य उजागर गर्न सम्बन्धित सबै निकायसँग यस महासंघ जोडदार मांग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । महासंघले मृतक बानियाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप