मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट सार्पसुटर आउँदै भनेर अफवाह फैलाउने ‘पत्रकार’ पक्राउ

बिहीबार, २९ साउन २०७७, २० : १७
बिहीबार, २९ साउन २०७७

काठमाडौं । आफूलाई पत्रकार दावी गर्ने सुनिल शर्मालाई प्रहरीले पक्रेको छ ।

बिराटनग घर भएका ५४ बर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

आफूलाई दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए ।

विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप