शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा भैंसी व्यापारी र प्रहरीबीच झड्प, १२ राउण्ड हवाई फायर

बिहीबार, २९ साउन २०७७, २० : २४
बिहीबार, २९ साउन २०७७

रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झड्प हुँदा १२ राउण्ड हवाइ फायर भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार  भारतीय सीमानामा पुर्नरुपमा निषेध गरिएको छ ।

बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैसी आएको सुचना पाउना साथ नियन्त्रणको क्रममा आज दिउँसो १२.४५ बजेको समयमा नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्तिटोली र तस्कर बिछ झडप भएको थियो ।

भारतबाट चोरिलुकी भित्रयाएको भैंसी नियन्त्रणमा लिन खोजेपछि  भैसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झड्प भएको थियो । झडपमा प्रहरीले १२ राउण्ड हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको हो ।


 भारतसँग जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले ५८ वटा भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याएका थिए । 

कुडिया बजार नेपाल भारत सिमा क्षेत्र भन्दा करिव ५ किलोमिटर उत्तरमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर काठमाण्डौ, पोखरा लगायत मुलुकको विभिन्न स्थानमा पठाउने गर्दछ । 

भैंसी ब्यापारी र प्रहरीबीच झडप भएको मौका छोपी भित्रयाइएको भैंसी सबै गाउँ गाउँ तिर भगाएको ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ताले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप