बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गृह मन्त्रालयद्वारा ‘कोभिड–१९ सुरक्षा मापदण्ड’ अनुगमन गर्न टोली परिचालन

बिहीबार, २९ साउन २०७७, २० : ५७
बिहीबार, २९ साउन २०७७

काठमाडौं । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागी सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न अनुगमन टोली  परिचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड  र गृहले जारी गरेको सुरक्षा मापदण्ड अनुगमन गर्न टोली परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जोर विजोर प्रणाली, आवागमनको लागि तोकिएका सवारी साधनको अवस्था, भौतिक दुरीको पालना र मास्कको प्रयोगबारे अनुगमन गर्न टोली परिचालन गरिएको हो । त्यस्तो टोली काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुरमा ४–४ वटा परिचालन गरिएको छ । उपत्यका बाहेक अन्य जिल्लामा पनि अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रहरीले मास्क प्रयोग नगर्ने २५ हजार २०७ जनालाई १ सय रुपैयाँको दरले जरिवाना गरेको छ । लकडाउनपछि मास्क प्रयोग नगरी हिड्ने ४ लाख १९ हजारलाई नियन्त्रणमा लिएर ३ लाख ५४ हजाराई संझाई बुझाई छाडिएको छ ।

मास्क नलगाई हिँड्ने ३९ हजारलाई मास्क वितरण गरेको बताइएको छ ।

अनुमतीबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप