बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बलर चम्किए, नेपालद्वारा भुटान ९ विकेटले पराजित

बुधबार, २८ भदौ २०७४, ०९ : ५३
बुधबार, २८ भदौ २०७४

काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लगातार दोस्रो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको अन्डर १९ टोलीले भुटानको अन्डर १९ टोलीलाई ९ विकेटले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गर्दै भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले मात्र ८.३ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गरेको हो ।

नेपाललाई जित दिलाउन मोहमद आसिफ शेखले नटआउट रहँदै २३ रन बनाए । आउट हुनअघि सन्दिप सुनारले २१ रनको योगदान दिए ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निधो गरेको भुटान मात्र २८ ओभरमा ५० रनमा अलआउट हुन पुगेको थियो ।

भुटानलाई सस्तोमा समेट्न दीपेन्द्र सिंह ऐरीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए ।

पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

नेपाल र थाइल्याण्डसँगै भुटान र सिंगापुर समूह ए मा रहेका छन् भने समूह बीमा आयोजक मलेसिया, हङकङ, म्यानमार र चीन रहेका छन् ।

यो प्रतियोगिता एसीसी यू–१९ एसिया कपको छनौटको रुपमा पनि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप