शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतदाता रिझाउन ट्रम्प प्रशासनद्वारा क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द

शुक्रबार, ३० साउन २०७७, ०७ : ५३
शुक्रबार, ३० साउन २०७७

ट्रम्प प्रशासनले अमेरिका र क्युबाबीच हुने सबै निजी चार्टर फ्लाइटलाई स्थगित गरेको छ । क्युबामाथि दबाब बनाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।

अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले ट्वीट गर्दै ‘कास्ट्रो सरकारले पर्यटन र यात्रा कोषको मद्दतले भेनेजुएलामा हुने दुर्व्यवहार र हस्तक्षेपलाई वित्तपोषण गर्ने गरेको’ आरोप लगाएका छन् ।

गत अक्टोबरमा अमेरिकाले क्युबाको हवानाबाहेकका सबै अमेरिकी विमानको उडानलाई रद्द गरेको थियो । कोरोनाभाइरसको महामारीका कारण क्युबाको पर्यटनमा यसअघि नै ठूलो धक्का लागिसकेको छ ।

फ्लोरिडामा रहेका क्युबन अमेरिकनहरु क्युबाप्रति सख्त नीति अख्तियार गरेको रुचाउँछन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि फ्लोरिडा महत्त्वपूर्ण राज्य हो । यो निर्णयलाई त्यहाँको क्युबन अमेरिकनहरुलाई रिझाउने ट्रम्पको प्रयासको रुपमा पनि हेरिएको छ ।

यो प्रतिबन्ध आगामी १३ अक्टुबरदेखि लागू हुनेछ । सो दिन क्युबाका क्रान्तिकारी नेता फिडेल क्याट्रोको जन्मदिन पनि हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप