कोरोनालाई नाकमा नै रोक्ने इन्हेलर
अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ ।
यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो । यो एन्टीबडी लामा र ऊँट जस्ता जनावरमा पाइन्छ जसले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । इन्हेलरमा रहेको न्यानोबडीलाई ल्याबमा तयार गरिएको हो । यो जेनेटिकल्ली मोडिफाइड गरेर कोरोनालाई रोक्नका लागि विकसित गरिएको हो ।
ल्याबमा गरिएको प्रयोगका दौरान कोरोनाको संक्रमण शरीरमा फैलिनबाट रोक्न एन्टीबडीले काम गर्ने देखियो । एन्टीबडीजस्तै न्यानोबडी पनि प्रोटिनबाट बनेको हुन्छ । यो एन्टीबडीको सुक्ष्मरुप हो र यो अधिक संख्यामा बनाउन सकिन्छ । न्यानोबडीको खोज सन् १९८० मा बेल्जियमको ल्याबमा गरिएको थियो ।
शोधकर्ताका अनुसार जब कोरोना संक्रमण फैलिनका लागि आफ्नो स्पाइक प्रोटिन मानिसको एसीईटू रिसेप्टरमा जोड्छ, यो न्यानोबडीले त्यहीँ प्रोटिनलाई रोक्नछ । यसरी भाइरस एसीईटू रिसेप्टरसँग जोडिन पाउँदैन र संक्रमण हुँदैन । एसीइटू रिसेप्टर मानिसको कोशिकाको सतहमा पाइन्छ, यो कोरोना संक्रमणको इन्ट्री प्वाइन्ट हो ।
शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म खोप बन्दैन, त्यतिबेलासम्म एरोन्याब्स भाइरसबाट बच्ने सुरक्षित विकल्प हुनसक्छ । सार्स महामारीको दौरान पनि कोरोनाभाइरसलाई निश्क्रिय गर्न न्यानोबडी तयार गरिएको थियो । शोधकर्ता आशिष मांगलिका अनुसार शोधकर्ताले प्रयोगशालामा २१ न्यानोबडी विकास गरेका छन् जुन कोरोनाविरुद्ध काम गर्न सक्छ ।
शोधकर्ताहरुले यो नाकको स्प्रेलाई आम मानिससम्म पुर्याउन उत्पादक कम्पनीसँग करार गर्दैछ । चाँडै यसको मानिसमाथिको परीक्षण सुरु हुने विश्वास गरिएको छ । यदी यसले आशाअनुरुप शतप्रतिशत काम गरे यो महामारीलाई रोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान