मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१२ मा पहिरोले पुरिएर बेपत्ता भएका ५४ बर्षिय काले मोक्तानको शव फेला परेको छ । गएरातीको सुख्खा पहिरोले पुरिएका मोक्तानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।
मृतक काले थाहा नगरपालिका–१२ का स्थानिय हुन् । थाहा नगरपालिकाको गैरीगाउँमा संचालित ढुंगाखानीमा जाने बाटोमा खसेको पहिरोले तिनवटा ट्रिपर र एउटा स्काभेटर पुरेको छ । मृतक सो खानीका गाडी रेखदेख गर्न खटिएका थिए ।
पहिरोका कारण त्रिभुवन राजथपमा सवारी अवागमनमा कुनै असर नपर्ने एसपी राठौरले बताए ।
बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर