मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कालीकोट पहिरोमा ६ जनाको मृत्यु, सबैको सनाखत

शुक्रबार, ३० साउन २०७७, ११ : ५७
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ – कालीकोटको महाबै गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी १३ वर्षका पुष्प बिष्ट, ११ वर्षका प्रविण बिष्ट, १८ वर्षीया सविना बिष्ट, १५ वर्षीया आशा विष्ट, १३ वर्षकी शान्ति बिष्ट र १९ वर्षकी रेखा बिष्ट रहेको कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

ओलियाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी हुन् ।  

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र जनप्रतिनिधिसहितको टोलीले घटनास्थलबाट मृतकको शव निकालेको ओलियाले बताए ।

घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको ओलियाको भनाइ छ । रजबहादुर विष्ट महाबै गाँउपालिका–३, नकुका वडा सदस्य समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप