मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : इंग्लिस टोलीहरुको सहज जीत

बुधबार, २८ भदौ २०७४, ११ : ०२
बुधबार, २८ भदौ २०७४

लण्डन । सन् २०१५ पछि च्याम्पियन्स लिगमा फर्किएको म्यान्चेस्टर युनाइटेडले प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

समूह ए अन्तर्गत समूह चरणको खेलमा युनाइटेडले स्वीस क्लब एफसी बासेललाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

खेलमा घाइते बनेका पाउल पोग्बाको स्थानमा आएका मारुएन फेलानीले खेलको ३५ औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफमा रोमेलु लुकाकु र रासफोर्डले एक–एक गोल थपे ।

म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा खेलिएका पछिल्ला ३२ खेलमा अपराजित रहेको छ । यस क्रममा युनाइटेडले २१ खेलमा जीत तथा ११ खेलमा बराबरी गरेको छ ।

यसअघि सन् २०११ मा ३७ खेलमा युनाइटेड अपराजित रहेको थियो ।

समूहको अर्को खेलमा सिएसकेए मस्कोले बेनफिकालाई २–१ गोल अन्तरले पराजित गर्यो ।

उता समूह सीमा चेल्सीले एफके काराबागलाई ६–० को विशाल अन्तरले पराजित गर्यो ।

चेल्सीलाई जीत दिलाउन मिची बात्सुयायीले २ तथा पेड्रो, डेभिड जापाकोस्टा, सिजार एज्पिलिकुएटा र टिमेयु बाबायोकोले एक–गोल गरे ।

च्याम्पियन्स लिगमा चेल्सीले आफ्नो सबैभन्दा ठूलो जीतको किर्तिमान बराबरी गरेको छ ।

त्यस्तै समूहको अर्को खेलमा एथ्लेटिको म्याड्रिड र एएस रोमाले गोलरहित बराबरी खेले । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप