मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ओली –प्रचण्डबीच दोस्रो दिन बालुवाटारमा वार्ता सुरु

शुक्रबार, ३० साउन २०७७, ०६ : ००
शुक्रबार, ३० साउन २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ । 

ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । वार्ताका लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले जानकारी दिए । 

‘हिजोको वार्ताको निरन्तरतास्वरुप आज पनि वार्ता हुदैछ । सायद आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने हाम्रो अपेक्षा छ,’ नेम्वागले रातोपाटीसँग भने, ‘उहाँहरूबीच छलफल भएका विषयहरुबारे त जानकारी छैन तर पार्टी विवाद समाधानका लागि उहाँहरु गम्भिर भएको बुझिएको छ ।

दुई नेताबीच बिहीबार भएको वार्तामा पार्टीभित्रको समस्या समाधानउनमुख कोणबाट अघि बढेको ओली र प्रचण्ड निकटका नेताहरुले बताउदै आएका छन् । बिहीबार भएको दुुई नेतावीचको वाार्तमा यसअघि स्थायी समिति बैठक नै नचाहेका ओली अव भने स्थायी समिति बैठक राख्न र आफुपनि बस्न सहमत भएका छन् । 

दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आएका छन् । 

नेकपामा ओलीको राजीनामाको विषय चर्को रुपमा उठेपछि असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अवरुद्ध बन्दै आएको छ । खासगरी ओलीको राजीनामाको विषय प्रचण्डसहितका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालहरुले उठाउदै आएका छन् । तर ओलीको राजीनामाको विषय बैठकमा अहिलेसम्म प्रस्तावका रुपमा लगिएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप