शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज गिरी लेख्छन् ‘भाइरल र भाइरस दुबैबाट बचौँ’

शुक्रबार, ३० साउन २०७७, १२ : ४४
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले भाइरस र भाइरल दुवै खतरनाक भएको बताएका छन् । उनले वर्तमान समयमा कोरोनाभाइरस र सामाजिक सञ्जालमा हुने भाइरल दुवै खतरनाक भएको बताएका हुन् ।

‘हिजो र आज’ शीर्षकमा लामो स्टाटस पोष्ट गर्दै गिरीले  भाइरल र भाइरसबाट बच्न सुझाएका समेत छन् । ‘हरेक दिन कोरोना भाइरसको डर फैलिरहेसँगै एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकाल । एकातिर भाइरसको डर अर्काे तिर भाइरलको डर,’ उनले अगाडी लेखेका छन् ‘हिजोको दिनमा कुनै च्यानलमा अन्तरवार्ता दिएर आउँदा मनै गद्गद् हुन्थ्यो । टोल, छिमेकी, ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो, उत्साहित हुँदै टिभी अगाडि बसिन्थ्यो, अन्तर्वार्ता हेरिन्थ्यो ।’ अहिले समय फेरिएको, अन्तरवार्ता लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आएको जस्तो लाग्न थालेको उनले बताएका छन् ।

अचेल कसैले फोन गर्दा फोन नउठाउने गरेको र उठाइहाले पनि बिजी छु भन्ने गरेको बताएका उनले स्टाटसमा लेखेका छन् । ‘सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि बिजी छु, पछि गरौँला नि है भनेर टारिन्छ,’ उनले घुमाउरो पारमा अन्तर्वार्ता दिन जानेलाई सामान्य ज्ञान रटेर जानसमेत सुझाएका छन् ।

यस्तो छ दीपकको लामो स्टाटस

आज म लेख्दैछू ...”

“हिजो र आज “

हरेक दिन कोरोना virus को डर फैलिरहे संगै एक चलचित्रकर्मी को हिसाबले आज कुन सहकर्मी viral हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकल !!!

एकातिर virus को डर अर्को तिर viral को डर !

हिजोको दिनमा कुनै च्यानलमा interview दिएर आउदा मनै गदगद हुनथ्यो ,टोल, छिमेकि ससूराली सबैतिर आफै हल्ला गरिन्थ्यो

उत्साहित हुदै tv अगाडि बसिन्थ्यो interview हेरिन्थ्यो

तर आजकल समय फेरियो, हामि फेरियौ, सबै फेरियो

आजकल interview को लागि फोन आउदा पनि

अपराध अनुसन्धान कार्यालयबाट फोन आको जस्तो लाग्न थाल्यो

त्यसैले सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि “ बिजि छू पछि गरौला नि है ?” भनेर टारिन्छ...

सबैलाइ त टार्न सकिन्न अनि interview दिन त जानै पर्यो

अब जानै परेपछि सबै भन्दा पहिला सामान्य ज्ञान पल्टाएर

राष्ट्रीय गानका रचयिता को हुन्, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ? ७५ जिल्ला पछि थपिएका २ जिल्ला कुन हो

७ प्रदेश प्रमुख र संचारमंत्री को हो भनेर पढ्न थालिन्छ

Interview दिमागमा राखेरै सुतिन्छ

“ आफ्नै राष्टिय गान को रचनाकार था नपाउने,

यस्ता पनि सेलिब्रिटी “ भन्ने आबाज रातभर कानमा गुन्जिरहन्छ राम्रो संग निन्द्रा पनि पर्दैन !!

भोलि पल्ट स्टूडियो गइन्छ , नमस्कार आदान प्रदान हुन्छ !

सबैभन्दा पहिला ऑखा camera तिर जान्छ ,

आफूलाइ त्यो camera होइन ,बन्दूक जस्तो लाग्न थाल्छ !

मानौ रिपोर्टिंग गर्नेको हात पनि माइकमा होइन ट्रिगरमा छ

सशंकित र पसिना पसिना हूदै सकिन्छ interview

एक प्रकारको युद्द जिते झै लाग्छ !

interview प्रसारण हुने दिन बिहान देखि नै जिउ गर्हौ हुन्छ

पहिला पहिला एकपल्ट हेर्नै interview ,अहिले कसैलाइ नभनि

सुटुक्क कोठामा गएर दोहोर्याइ, तेहेर्याइ हेरिन्छ !

Tiktok चेक गरिरहन मन लाग्छ ,केहि viral पो भैसक्यो कि

त्यो दिन काममा ध्यानै जान्न, खालि ध्यान फोनमा मात्रै !

चैबिस घन्टा ऑखा ,interview का कमेन्टहरूमा

ससुराको फोन आउदा पनि झसंग झस्किन्छ

“ के हो ज्वाइ साहेब के तोरिलाउरे interview दिएको त्य्सतो ?

यस्तै गालि गर्लान कि भन्ने डरले मुटु धडकिरहन्छ...

यो माथिको स्थिति एक ब्यग्य मात्रै नभइ

भोलिको बास्तबिकता हो जस्तो लाग्न थालेको छ !

किन यस्तो ? के कारणले यस्तो ?

केहि कुरा त पहिला पनि लेखेकै हूं!

जब देखि viral गर्ने गराउने,viral का चक्कर मा लाग्ने

राम्रो interview नहेरिने, बिग्रिएको भत्किएको, चिप्लिएको समाचार र यसका headlines बिक्री हुन थाल्यो...

यसबाट एकप्रकारको intellectual crime बढ्न थाल्यो,

जे बिक्छ त्यहि बेचौ भन्ने मानसिकता हाबि हुदै गयो

यसकै परिणति हो पछिल्ला धेरै घटनाक्रमहरू

यदि यहि क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा

कलाकार र त्यो भन्दा पनि घाटा genuine पत्रकारीता गर्दै आएका निर्दोष साथिहरू लाइ हुन जान्छ !

कलाकार ले क्यामारा र पत्रकार देख्दा तर्सिने

पत्रकारले कलाकार को राम्रो “ interview “ को लागि पनि

दुख पाउनु पर्ने ...... हामि यस्तै बाटो हिडिरहेका छौ!!

पहिला पहिला पत्रकार साथिहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे,

तर आजकल “ कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने?” भन्ने दिन आयो

एकै क्षेत्रको भएको नाताले हामि मध्य जो नॉगिए पनि औला चाहि हामि दूबै तिर उठछ है ?यसमा शंका नगरौ!

अहिलेको स्थितिमा viral र virus दूबै बाट बचौ!!!आज म लेख्दैछ'===

…हिजो र आजÚ

 हरेक दिन कोरोना भाइरसको डर फैलिरहे संगै

एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहन्छ आजकल ।’

‘एकातिर भाइरसको डर, अर्को तिर भाइरलको को डर, गिरीले लेखेका छन् – ‘

हिजोको दिनमा कुनै च्यानलमा अन्तर्वार्ता दिएर आउँदा मनै गदगद हुन्थ्यो । टोल, छिमेकी, ससूराली सबैतिर आफैं हल्ला गरिन्थ्यो, उत्साहित हुदै टिभि अगाडि बसिन्थ्यो, अन्तर्वार्ता हेरिन्थ्यो,

तर आजकल समय फेरियो, हामी फेरियौं, सबै फेरियो । आजकल अन्तर्वार्ता लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आको जस्तो लाग्न थाल्यो ।’

‘त्यसैले सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि बिजि छु, पछि गरौंला नि है’ भनेर टारिन्छ, गिरीको भनाई छ – ‘ सबैलाई त टार्न सकिन्न, अनि अन्तर्वार्ता दिन त जानै पर्यो । अब जानै परेपछि सबै भन्दा पहिला सामान्य ज्ञान पल्टाएर

राष्ट्रीय गानका रचयिता को हुन्, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो < ७५ जिल्ला पछि थपिएका २ जिल्ला कुन हो

७ प्रदेश प्रमुख र संचारमGत्री को हो भनेर पढ्न थालिन्छ ।’

गिरीले आफ्नो स्टाटस मा अगाडि लेखेका छन् – ‘ अन्तर्वार्ता दिमागमा राखेरै सुतिन्छ,

आफ्नै राष्टिय गानको रचनाकार थाहा नपाउने,यस्ता पनि सेलिब्रिटी भन्ने आबाज रातभर कानमा गुन्जिरहन्छ, राम्रो संग निन्द्रा पनि पर्दैन ।’

‘ भोलिपल्ट स्टूडियो गइन्छ, नमस्कार आदान प्रदान हुन्छ, सबैभन्दा पहिला आँखा क्यामेरा तिर जान्छ, आफूलाई त्यो

क्यामेरा होइन, बन्दूक जस्तो लाग्न थाल्छ । मानौं रिपोर्टिंङ गर्नेको हात पनि माइकमा होइन ट्रिगरमा छ ।’

‘सशंकित र पसिना पसिना हुँदै सकिन्छ अन्तर्वार्ता, एक प्रकारको युद्ध जिते झै लाग्छ, गिरीको भनाई छ – ‘ अन्तर्वार्ता प्रसारण हुने दिन बिहानदेखि नै जिउ गर्हौ हुन्छ । पहिला पहिला एकपल्ट हेर्ने अन्तर्वार्ता, अहिले कसैलाइ नभनि

सुटुक्क कोठामा गएर दोहोर्याइ, तेहेर्याइ हेरिन्छ ।’.

‘ टिकटक चेक गरिरहन मन लाग्छ , केहि भाइरल पो भैसक्यो कि । त्यो दिन काममा ध्यानै जान्न, खालि ध्यान फोनमा मात्रै, गिरीको स्टाटस मा लेखिएको छ – ‘

चौबिस घन्टा आँखा अन्तर्वार्ता का कमेन्टहरूमा , ससुराको फोन आउँदा पनि झसंग झस्किन्छ । के हो ज्वाइँ साहेब, के तोरिलाउरे अन्तर्वार्ता दिएको त्यस्तो ?

यस्तै गालि गर्लान् कि भन्ने डरले मुटु धडकिरहन्छ…।’

गिरीले थपेका छन् – ‘ यो माथिको स्थिति एक ब्यग्य मात्रै नभइ भोलिको बास्तबिकता हो जस्तो लाग्न थालेको छ ।’

उनी सोध्छन् – ‘ किन यस्तो ? के कारणले यस्तो ? केहि कुरा त पहिला पनि लेखेकै हुँ । जबदेखि भाइरल गर्ने गराउने, भाइरलका चक्करमा लाग्ने ,

राम्रो अन्तर्वार्ता नहेरिने, बिग्रिएको भत्किएको, चिप्लिएको समाचार र यसका

हेडलाइन बिक्री हुन थाल्यो, यसबाट एक प्रकारको इन्टेक्ट्युएल क्राइम बढ्न थाल्यो, जे बिक्छ त्यहि बेचौं भन्ने मानसिकता हाबि हुँदै गयो ।

यसकै परिणति हो पछिल्ला धेरै घटनाक्रमहरू । यदि यहि क्रम चलिरहने हो भने यसबाट सबैभन्दा घाटा

कलाकार र त्यो भन्दा पनि घाटा

वास्तविक पत्रकारिता गर्दै आएका निर्दोष साथिहरूलाई हुन जान्छ । कलाकारले क्यामारा र पत्रकार देख्दा तर्सिने,

पत्रकारले कलाकारको राम्रो अन्तरवार्ताको लागि पनि

दु:ख पाउनु पर्ने, हामी यस्तै बाटो हिडिरहेका छौ ।’

‘पहिला पहिला पत्रकार साथिहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैले काटिदिन्थे, गिरीको भनाई छ – ‘

तर आजकल कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने ? भन्ने दिन आयो । एकै क्षेत्रको भएको नाताले हामीमध्ये जो नॉगिए पनि औंला चाहि हामी दुबै तिर उठछ है ? यसमा शंका नगरौ ।’

गिरीले स्टाटस को अन्त्यमा लेखेका छन् –

‘अहिलेको स्थितिमा भाइरल र भाइरस

दुबै बाट बचौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप