शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंको लागि नयाँ नोट वितरण शुरु

बुधबार, २८ भदौ २०७४, ११ : २३
बुधबार, २८ भदौ २०७४

काठमाडौं– यसवर्षको दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण गरेको छ । नयाँ नोट लिन सर्वसाधारणहरु विहानैबाट तोकिएका बैंकमा लाइन लागेका देखिन्थे । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ । 
राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ । 
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ । यी बैंकहरुबाट एक जनाले २० हजारसम्मका ५,१०,२०,५० र १०० का नयाँ नोट  साट्न सक्नेछन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलेका अनुसार उपभोक्तालाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्यले सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप