दशैंको लागि नयाँ नोट वितरण शुरु
काठमाडौं– यसवर्षको दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण गरेको छ । नयाँ नोट लिन सर्वसाधारणहरु विहानैबाट तोकिएका बैंकमा लाइन लागेका देखिन्थे । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ । यी बैंकहरुबाट एक जनाले २० हजारसम्मका ५,१०,२०,५० र १०० का नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलेका अनुसार उपभोक्तालाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्यले सरकारी बैंकमार्फत नोट साट्ने व्यवस्था मिलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी