शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास युएईले परराष्ट्र मन्त्रालयलाई पत्र पठायो

शुक्रबार, ३० साउन २०७७, १६ : ३१
शुक्रबार, ३० साउन २०७७

युएई । तिनजुरे म्यानपावर र युएईका लागि नेपाली एजेण्ट श्याम थापालाई कारबाही गर्न दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। नेपालीलाई अलपत्र पार्ने एजेण्ट श्याम थापालाई ठगी मुद्दामा कारबाही गर्न नेपाली दूतावास युएईले विभिन्न निकायमा पत्राचार गरेको हो।

युएईको स्थानीय प्रहरीमा समेत पीडित टिकाराम बोहोरा र मनोहर केसी आफैले उजूरी गरेको तथा पीडितहरुले दूतावासमा दिएको निवेदनका आधारमा कार्वाहीको लागि दूतावासले गृह, परराष्ट्र तथा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई कार्वाही अगाडि बढाउन पत्राचार गरेको हो।

अधिकांश पीडितहरु तीनजुरे इम्प्लोइमेन्ट सर्भिसेजकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र सन्तोष थापामार्फत दुबई पुगेका थिए । त्यही गिरोहले पीडितहरुबाट प्रतिव्यक्ति ९ लाख रुपैयाँ उठाएको पीडितहरुले बताएका छन्।एजेण्ट थापाले एनआरएनएमा आफ्नो पहुँच रहेको भन्दै पीडितहरुलाई धम्काएको गुनासो पीडितहरुको छ । 

पीडितहरुका परिवारले सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्दा सञ्चालक बिनय राई पञ्छिने गरेको पीडित परिवारले बताउँदै आएका छन्।

एनआरएनएका ३ जना निलम्बित
​पीडितहरु माथि कुटपिट भएको घटनासँग एनआरएन युएई विवादमा मुछिएपछि एनआरएनले ३ जनालाई संस्थाबाट निलम्बन गरेको जनाएको छ।बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नको आरोपमा एनआरएनए दुबई क्षेत्र अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मका लागि निलम्बन गरेको हो।

त्यस्तै पीडितहरु कुटिएको गम्भीर विषयलाई मनोमानी रुपमा संस्थाको निर्णयविना विज्ञप्ति जारी गरेको भन्दै एनआरएनए युएईकाउपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरेको जनाएको छ। तर सेनले एजेण्टलाई कारबाही गर्न सहयोग पुगोस् भन्दै आफूले एनआरएनए युएईको उपाध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

यता पीडितहरु कुटिएपछि एनआरएनए यूएईमा राजनीतिक तिक्तता बढेको छ।दुबईमा अलपत्र पीडितहरु कुटिएपछि एनआरएन एयुएईमा राजनीतिक तिक्तता र दोषारोप शुरु भएको हो । पीडितहरुकै आग्रहमा सहयोगी बनेर गएका एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरीलाई दलालसँग मिलेर काम गरेकोपीडितहरुले आरोप लगाएका छन् । तर ठकुरीले दलाल थापालाई खोजेर पीडितहरुसँग भेट गराई समस्याको समाधान गर्न खोजेको रपीडितको पक्षमा काम गर्दागर्दै राजनीतिक प्रतिशोधका कारण आफूलाई विवादमा तानिएको बताएका छन्। 

केही दिन अधि एनआरएनए दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री त्यस घटनामा संलग्न नरहेको बरु एजेन्ट श्याम थापासँग पासपोर्ट जफत गरी पीडितहरुलाई सहयोग गरेको एक विज्ञप्ति पनि जारी भएको थियो।तर त्यही विज्ञप्ति पनि संस्थाकोआधिकारिक नभएको र एनआरएनए युएई उपाध्यक्ष नरबहादुर सेनले मनोमानी रुपमा जारी गरेको भन्दै विवाद सुरु भएको थियो। तर एजेण्ट र पीडित बीचको विवादमा एनआरएनए युएईलाई मुछ्नु राजनीतिक खिचातानी भएको उपाध्यक्ष नरबहादुर सेनको भनाइ छ।

दोषी जोसुकै भएपनि नेपालबाट उडान सेटिङ गर्ने र युएईमा अलपत्र पार्ने दलालका विषयमा अनुसन्धान हुनुपर्ने भन्दै पीडितले न्याय पाउनै पर्ने सेनको भनाइ छ।आफूले जारी गरेको विज्ञप्तीमा कुटाइ खाने दुवैजना दलाल भएको भन्ने लेखिएकोमा भुलवस आफूले गल्ती गरेको भन्दै सेनले फेसबुक लाईभमार्फत सार्वजनिक रुपमा माफी मागेका छन् ।

यता एनआरएनए  यूएईका अध्यक्ष प्रकाश कोइरालाले कुनै पनि सूचना वा विज्ञप्ति प्रकाशन गर्ने काम संस्थाका प्रवक्ता वा सचिवले गर्ने निर्णय गरेको एक हप्ता नहुँदै नियम उल्लङ्घन भएकोले समस्या  भएको बताए। अध्यक्ष कोइरालाले पनि पीडितहरु कुटपिट भएको बिषय गम्भीर भएको र यस घटनामा दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्लको संलग्नता नदेखिएको भन्दै घटना हुनुभन्दा केही समयअघिसम्म मल्लसँग टोलिफोन संवाद गरेको र मल्लले थापालाई पीडित समक्ष उपस्थित गराएर पीडितहरुलाई सहयोग गरेको बताए । अनुसन्धान जारी रहेको कोइरालाको भनाइ छ ।

काठमाडौँस्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी, सन्तोष थापा र दुबई बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत २७ नोभेम्बर २०१९ मा युएई ल्याएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप