ग्लोबल आइएमई बैंकले गर्यो सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।
बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।
बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौताअनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।
यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।
ग्लोबल आइएमई बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।
ग्लोबल आइएमई बैंकले कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित