शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद यादवसहित ४८ जनामा कोरोना संक्रमण

शुक्रबार, ३० साउन २०७७, १७ : ०२
शुक्रबार, ३० साउन २०७७

जनकपुर । धनुषामा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहित  ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा.यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रिपोर्ट ढिला आउँदा अन्य कर्मचारीहरुमा संक्रमण बढेको देखिएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरमा २२ जना, धनुषा मिथिला बिहारी नगरपालिकामा १ जना, बटेश्वर गाउँपालिकामा १ जना, हंसपुर नगरपालिकामा १ जना, मुखियापट्टी गाउँपालिकामा १ जना, जमुनीवासमा १ जना, मिथिला नगरपालिकामा ६ जना, धनौजी गाउँपालिकामा १ जना र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ । उता, महोत्तरीको जलेश्वर नगरपालिकामा १७ जना, औरही नगरपालिकामा १ जना र पिपरा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप