शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

शुक्रबार, ३० साउन २०७७, १८ : १२
शुक्रबार, ३० साउन २०७७

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।

आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप