प्रदेश ५ मा अर्को कोरोना टेस्ट मेशिन थपियो : अब ३० मिनेट रिपोर्ट आउने
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षणको नयाँ सेवा शुरु भएको छ ।
नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगर्त उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टू परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परीक्षण गरि सेवा शुभारम्भ गरेका थिए । उनको रिपोर्ट ३० मिनेटमा नै आएको थियो । सामाजिक विकास मन्त्रालयका एक उच्च कर्मचारी कोरोना भएको पुष्टि भएको थियो । मन्त्रीसँगै तीन जनाले स्वाव दिएर नयाँ पिसिआर मेशिनको काम शूरु गरिएको थियो ।
सामान्य पिसिआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।
मेडिकल सुपरिटेण्ड डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी हुने दावी गरे ।
प्रदेश पाँच भिम अस्पताल , दाङ, नेपालगञ्ज र केही निजी क्षेत्रले समेत कोरोना टेस्ट गरिरहेका छन् । प्रदेश ५ मा कोरोना संक्रमण बृद्धि भएपछि छिटो रिपोर्ट माग्नेहरु पनि धेरै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू