शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा काउन्टडाउन: कार्यदलले शनिबारदेखि काम थाल्ने, इतिहास विर्सेर भविष्यको यात्रा तय गरिने

शुक्रबार, ३० साउन २०७७, १९ : ०३
शुक्रबार, ३० साउन २०७७

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक शनिबार बस्ने भएको छ ।  शुक्रबार अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो । 

कार्यदल संयोजक पौडेलले पहिलो बैठक शनिबार बस्ने र शनिबारबाटै काम सुरु गर्ने जानकारी दिए । ‘कार्यलदलको पहिलो बैठक शनिबार बस्छ र शनिबारबाटै काम सुरु गर्छ’, संयोजक पौडेलले रातोपाटीसँग भने, ‘अहिले हामीले गर्नुपर्ने कुरा भनेको नेकपाको आन्तरिक जीवनमा देखा परेका समस्याहरु के हुन् ? त्यसको समाधान के हुनसक्छ भन्ने उपायको खोजी गर्ने हो । साथै पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ यिनै तीनवटा विषयमा केन्द्रीत हुन्छौ ।’ 
संयोजक पौडेलले पार्टीका समस्याहरु प्रायः पहचिान भैसकेको भन्दै नेकपा अब इतिहासतिर फर्केर नहिँड्ने बताए । 

समाधान खोज्ने क्रममा पार्टी एकता घोषणा हुनुभन्दा अघिल्लो दिनको सहमति र गत मंसिर चार गतेको सहमतिको वरिपरिबाटै समाधान खोज्नुहुन्छ कि अन्य उपाय अप्नाउनुहुन्छ ? भन्ने प्रश्नमा संयोजक पौडेलले इतिहासतर्फ नफर्कने जवाफ दिए । 
‘नेकपा इतिहासतिर अल्झेर हिँड्ने पाटी होइन, भविश्यको बाटो बनाएर हिँड्ने पार्टी हो । त्यसैले जनताले दिएको अभिभाराको महसुस गर्दै र आत्मसात गर्दै समाधानको उपाय खोज्छौ’, पौडेलको भनाई छ । उनले कार्यदलले जतिसक्दो चाँडो आफ्नो गृहकार्य गरेर सुझाव पेश गर्ने जानकारी पनि दिए । 

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला गत बुधबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले साउन २९ गतेबाट ५ दिनभित्र नेकपाको सिनारियो परिवर्तन हुने दावी गरेका थिए । सोहीअनुसार बिहीबार नौ दिनको मौनता तोड्दै दुई अध्यक्षबीच चारघण्टा भेटवार्ता भएको थियो । शुक्रबार दोस्रो दिनको भेटवार्तामा उनीरुबीच समस्या समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति बन्यो ।

कार्यदलमा नेकपाका तीन समुह ओली, प्रचण्ड र माधवकुमार नेपालपक्षका २, २ जना सदस्य रहेका छन् । स्रोतका अनुसार कार्यदलले मन्त्री, मुख्यमन्त्री फेरवदलदेखि महत्वपूर्ण राजनीतिक नियुक्ति, दुई अध्यक्षको जिम्मेवारी, पार्टीको विचार लगायतका बारेमा तयार गर्ने खाकाका आधारमा नेकपा र सरकार चल्नेछ ।  कार्यदल गठनसँगै नेकपाको विभाजन टरेको नेताहरुको बुझाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप