शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फुटसलले नेपाललाई अन्तरर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ : मन्त्री केसी

बुधबार, २८ भदौ २०७४, ११ : ४३
बुधबार, २८ भदौ २०७४

काठमाडौँ–युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताएका छन् । 

नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले आज आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताए । 

“फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ,”– मन्त्री केसीले भने । उनले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । 

मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उनको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताए । 

आजदेखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए । 

खेलको प्रथम विजेतालाई रु एक लाख नगदसहित प्रमाणपत्र, द्वितीयलाई रु ५० हजारसहित प्रमाणपत्र, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलरक्षकलाई पञ्जा पुरस्कार दिने तरुण दल वडा नं २६ ले जनाएको छ । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका १२ समूहको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप