बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक जना सांसदसहित १ सय ९९ जनामा भेटियो कोरोना संक्रमण

शुक्रबार, ३० साउन २०७७, २१ : ०४
शुक्रबार, ३० साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादव सहित १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा शुक्रबारसम्म धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरी र बारामा २०÷२० जना र सिरहामा १ जना व्यक्ति संक्रमित छन् ।

यस प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ भने संक्रमित मध्ये ५ हजार ८ सय ६८ पुरुष र ७ सय ५९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टि भएकाहरु प्रादेशिक अस्पताल जनकपुरका २४ देखि २८ बर्ष उमेर समुहका ४ जना महिला र २४ देखि ६० बर्ष उमेर समुहका ७ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिकाका १९ देखि ७० बर्ष उमेर समुहका ९ जना पुरुष, जानकी हेल्थ केयर अस्पतालका १ देखि ६२ वर्ष उमेर समुहका ५ जना बालक देखि पुरुष, स्वास्थ्य कार्यालय धनुषाकी ४४ वर्षीया एक महिला र ३३ देखि ५१ बर्ष उमेर समुहका ५ जना पुरुष रहेका छन् ।

यस्तै मुक्तिनाथ विकास बैंकका ३० देखि ३९ बर्ष उमेर समुहका ३ जना पुरुष, धनौजी गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ६५ बर्षीय एक पुरुष, मिथिला बिहारी नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २२ बर्षीय एक युवक, मुखियापट्टी मुसहरनिया गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी ७२ बर्षीया एक बृद्धा र हंसपुर नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २६ बर्षीया एक महिला रहेका छन् ।

यसै गरी मिथिलानगरपालिका वडा नम्बर ४ स्थित जमुनिवासका २३ बर्षीय एक युवक, मिथिला नगरपालिकाका २२ देखि ४८ बर्ष उमेर समुहका ६ जना पुरुष, औरही गाउँपालिका–७ का ३५ बर्षीय एक पुरुष, बटेश्वर गाउँपालिका–२ का २६ बर्षीय एक पुरुष, लक्ष्मिनीया गाउँपालिका वडा नम्बर २ र ४ का ५० र ५५ बर्षीया २ जना महिला एवं २५ बर्षीया एक पुरुष, उदयपुरगढी घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २५ बर्षीय एक पुरुष, कमला नगरपालिकाकी ४५ बर्षीया एक महिला र ठेगाना खुल्न नसकेका २० बर्षिया एक युवती र ३६ बर्षीय एक पुरुष रहेको जनाइएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर वडा नम्बर २ देखि २५ सम्मका २१ र ४५ बर्षीया २ जना महिला तथा २३ देखि ६९ बर्ष उमेर समुहका १२ जना पुरुष, आर्मी ब्यारेकका २८ बर्षीय एक नेपाली सेना, वीरगञ्ज घडिअर्वाका ३० र ३८ बर्षीय २ जना पुरुष, वीरगञ्ज श्रीपुरका २८ र ५० बर्षीय २ जना पुरुष, ग्लोबल आईएमइ बैंकका ३२ बर्षीय एक पुरुष, महोत्तरीको जलेश्वर घर भई हाल नारायणी अस्पतालमा रहेका ३७ बर्षीया एक महिला र ४ बर्षीय एक बालक, नारायणी अस्पतालका २७ र ४५ बर्षीया २ जना महिला तथा २० देखि ५२ बर्ष उमेर समुहका ४ जना पुरुष तथा नारायणी अस्पताल क्वार्टरमा रहेका ४३ र ५३ बर्षीया २ जना महिला एवं ५० बर्षीय एक पुरुष संक्रमित भएका छन् ।

त्यस्तै सर्लाहीका संक्रमितहरु लालबन्दी नगरपालिका–१० का ५५ बर्षिइ एक पुरुष र ठेगाना खुल्न नसकेका २१ देखि ४१ बर्ष उमेर समुहका ४ जना महिला एवं २३ देखि ६८ बर्ष उमेर समुहका २२ जना पुरुष रहेका छन् ।

त्यसैगरी रौतहटको गौर नगरपालिकाका ३० बर्षिय एक पुरुष, देवाही गोनाही नगरपालिकाका ३७ बर्षिय एक पुरुष, इशनाथ नगरपालिका वडा नम्बर वडा नम्बर  ५ र ८ का ५० देखि ७० बर्ष उमेर समुहका ३ जना पुरुष, गढीमाई नगरपालिका वडा नम्बर वडा नम्बर  २ का २७ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १० देखि ७२ बर्ष उमेर समुहका ७ जना महिला तथा १८ देखि ५२ बर्ष उमेर समुहका ११ जना पुरुष संक्रमित भएका छन् ।

त्यस्तै सप्तरीको राजविराज नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी २५ बर्षीया एक महिला, राजविराज नगरपालिकाका ७ देखि ६७ बर्ष उमेर समुहका ५ जना महिला एवं ३ देखि ६५ बर्ष उमेर समुहका ११ जना पुरुष, सप्तकोशी नगरपालिका वडा नम्बर वडा नम्बर १ का ५४ बर्षीय एक पुरुष, बोदेबर्साइन नगरपालिका वडा नम्बर वडा नम्बर  २ का ४६ बर्षीय एक पुरुष, विष्णुपुर गाउँपालिका वडा नम्बर वडा नम्बर १ का ४५ बर्षीय एक पुरुष र खडक नगरपालिका वडा नम्बर वडा नम्बर  २ का ४९ बर्षीय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

त्यस्तै महोत्तरीका संक्रमितहरु जलेश्वर नगरपालिकाका १९ देखि ७३ बर्ष उमेर समुहका ५४ जना महिला एवं १५ देखि ८१ बर्ष उमेर समुहका ११ जना पुरुष, एकरहियाका १९ बर्षीय एक युवक, जलेश्वर घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेकी २६ बर्षिया एक महिला र औरही नगरपालिकाका १९ र ३० बर्षीय २ जना पुरुष रहेको जनाइएको छ ।

त्यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर वडा नम्बर १४ देखि २५ सम्मका १३ देखि ४२ बर्ष उमेर समुहका ६ जना महिला एवं २ देखि ५२ बर्ष उमेर समुहका १३ जना पुरुष र विश्रामपुर घर भई हाल नारायणी अस्पतालमा रहेका २४ बर्षिय एक युवक संक्रमित भएका छन् भने सिरहाको  विष्णुपुर गाउँपालिका वडा नम्बर वडा नम्बर १ का ४० बर्षिय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।  

प्रदेशभर नै शुक्रबारसम्म सप्तरीमा ११ हजार १ सय ८६, सिरहामा ५ हजार २ सय ८८, धनुषामा ८ हजार २ सय ४१, महोत्तरीमा ४ हजार ९ सय ५५, सर्लाहीमा ७ हजार ६ सय ९९, रौतहटमा १७ हजार ४ सय ४९, बारामा ६ हजार ५ सय ९१ र पर्सामा १५ हजार १ सय १६ जना गरि जम्मा ७६ हजार ५ सय २५ जनाको स्वाब परिक्षण गरिएकोमा ६ हजार ६ सय २७ जना संक्रमित भएका छन् भने ६२ हजार ८ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ७७, सिरहामा ४ सय २०, धनुषामा ९ सय १२, महोत्तरीमा १ हजार ६५, सर्लाहीमा १ हजार २ सय ६६, रौतहटमा ६ सय ३८, बारामा ७ सय ६४ र पर्सामा ८ सय ६८ जना गरि कुल ७ हजार १० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३ सय ७९, सिरहामा १ सय ८३, धनुषामा १ सय ७५, महोत्तरीमा ३ सय ५४, सर्लाहीमा ६ सय ४६, रौतहटमा ३ सय ३, बारामा ३ सय ७७ र पर्सामा १ सय ८२ जना गरि २ हजार ५ सय ९९ जनाको स्वाब संकलन गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहटमा १ हजार ३ सय ८० जना संक्रमित भएका छन् । पर्सामा १ हजार १ सय ८३, धनुषामा ९ सय ९०, महोत्तरीमा ९ सय ८८, सर्लाहीमा ८ सय ८०, सप्तरीमा ६ सय ३४, बारामा ३ सय २० र सिरहामा २ सय ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यस प्रदेशका विभिन्न अस्पतालको आईसोलेसनबाट ४८ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ ।

डिस्चार्ज हुनेहरुमा धनुषाका १७, महोत्तरीका १, बाराका ८ र पर्साका २२ जना व्यक्तिहरु रहेका छन् ।

प्रदेश नम्बर २ मा अहिलेसम्म पर्सामा १९, धनुषामा ७, बारामा ६, सप्तरीमा ३, रौतहटमा २, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरि ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप