बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा क्रेनको ठक्करवाट एक जनाको मृत्यु

शुक्रबार, ३० साउन २०७७, २१ : २८
शुक्रबार, ३० साउन २०७७

बुटवल । पूर्वपश्चिम राजमार्गअन्र्तगत रुपन्देहीको देवदहमा एकलाई क्रेनले ठक्कर दिदा मृत्यु भएको छ ।

रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१क ४२४४ नं.को क्रेनले ह्विल चियरमा सवार देवदह ९ घोडाहा बस्ने वर्ष ४२ को धनप्रसाद चापागाई (फरक क्षमता भएको ब्यक्ती) लाई ठक्कर दिदा घाइते  भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घाइते चापागाईँको उपचारको क्रममा साँझ लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । क्रेन चालक फरार रहेकोले प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन प्रहरी नियन्त्रणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप