सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने
काठमाडौँ – बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।
बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।
राष्ट्र बैङ्क, व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीबाट स्वीकृत भएको ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ लाई परिमार्जन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण संस्थाकै खर्चमा गर्न सर्कुलरमार्फत निर्देशन दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेलबासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ