शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाको लस्जास्पद हार

शनिबार, ३१ साउन २०७७, ०७ : ५७
शनिबार, ३१ साउन २०७७

एजेन्सी – यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । 

शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता कायम गरेका थिए ।

सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।

८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेलको अन्तिमतिर ८५औं र ८९औं मिनेटमा यसै सिजन मात्रै बार्सिलोनाबाट वार्यन गएका ब्राजिलियन मिलफिल्डर फिलिप कोटिन्होले गोल गर्दा बार्सिलोना जल्जास्पद हार व्यहोर्न बाध्य भयो । 

यस सिजन बार्सिलोना उपाधिबिहनी बन्न पुगेको छ । स्पेनिस लिग ला लिगामा उप विजेता मै सीमित भएको बार्सिलोना स्पेनको पुरानो प्रतियोगिता कोपा डेल रेमा पनि अघि बढ्न सकेन ।

यसअघि फ्रान्सेली क्लब पीएस्सजी र जर्मन क्लब लाइप्जिग सेमिफाइलनमा पुगिसकेका छन् । आइतबार बिहान इङ्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लिओनबीच प्रतिस्पर्धा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप