शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सिङ्गापुर बनाउने वाचा गरिएको जनकपुरको रियालिटी (फोटोफिचर)

बुधबार, २८ भदौ २०७४, १४ : ०४
बुधबार, २८ भदौ २०७४

जनकपुर । प्रदेश नम्बर २ मा रहेका ३ उपमहानगर मध्ये एक जनकपुर अस्तव्यस्त छ । नेपालकै चर्चित धार्मिक तथा पर्यटकीयस्थल रहेको जनकपुर पुग्दा सबैले महसुस गर्ने पहिलो कुरा भनेको त्यहाँको दुर्घन्ध हो । 

जनकपुर पुग्ने जो कोहीलाई ओलेर्ने बित्तिकै त्यहाँ फोहोरको डङ्गुरले स्वागत गर्छ । 

सडकका छेउछाउ फोहोर थुप्रिएर रहेका छन् । स्थानीयवासीका अनुसार यसरी फोहोरको उचित व्यवस्थापन हुन छाडेको लामो समय भइसक्यो ।

साँधुरा सडक, त्यसमाथि पनि ढल र निकासको उचित व्यवस्था नहुँदा सडक जलमग्न छ । एक ठाउँदेखि अर्को ठाउँसम्म जान उपमहानगरवासीले दैनिक ठूलै संघर्ष गर्नुपर्छ । 

अस्तव्यस्त बजार जनकपुरको अर्को विशेषता हो । सडकको छेउमै जमेको पानी, त्यसैको छेउमा थापिएका स–साना पसलले सवारी आवगमनलाई प्रभावित पारिरहेका हुन्छन् ।

एउटा महानगरमा हुनुपर्ने विशेषता जनकपुरमा कमै मात्र भेटिन्छ ।

स्थानीय वासिन्दाहरु असोज दुईमा हुने तेस्रो चरणको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि जनकपुरको अवस्था फेरिनेमा आशावादी छन् ।

उपमहानगरको मेयर पद उम्मेदवारहरु आफू निर्वाचित भए जनकपुरलाई सिङ्गापुर बनाउने सपना बाँडिरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप