बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको चुनाव : नेतालाई भोटकै चिन्ता, जनतालाई सडकको

बुधबार, २८ भदौ २०७४, १४ : ३२
बुधबार, २८ भदौ २०७४

जनकपुर – प्रदेश नम्वर दुईको प्रस्तावित राजधानी मानिन्छ जनकपुर । यहाँ अहिले स्थानीय चुनावको चहलपहल ह्वात्तै बढेको छ । गल्ली–गल्लीमा उम्मेद्वार प्रचारमा दौडिरहेका छन् । तर, ती उम्मेदवारलाई जनकपुरको सडकमा हिड्दा कपडा बचाउन मुस्किल छ । अर्थात यहाँको सडक अस्तव्यस्त छन् ।
 
सडकमा ठाँउ ठाँउमा पानी जमेको छ । खाल्डा खुल्डी उस्तै छन् । उम्मेदवार विभिन्न बाचा, प्रतिबद्धता र ठूल्ठूला सपना बाँडिरहेको छन् । मेयरका प्रत्येक उम्मेदवार जितेपछि ‘जनकपुरलाई सुन्दर, सफा र समृद्ध सहरको विकास गर्छु’ भनिरहेका छन् । कसै कसैले सिङ्गापुर बनाउने कुरा पनि गरेका छन् ।
 
जनकपुरबासी भने विकासको सपनामै छन् । सडक चुनावपछि बन्लान् त ? यो सवैभन्दा पहिलो प्रश्न हो । आम जनता र  मतदाताको ।
 
जनताका प्रश्न जायज छ । जनकपुर नगरबाट उपमहानगर त भयो तर, पनि सडक पूर्वाधारको अबस्था विजोग छ । सवै सडकमा खाल्डैखाल्डा छन् । सडक व्रिगेका कारण स्थानीय र व्यवसायीलाई समस्या परेको छ ।


 
प्रदेश नं.२ को प्रादेशिक राजधानीको लागि तयारी सुरु गरिएको जनकपुर उपमहानगरको मुख्य सडक र अन्य सम्पर्क सडक भत्किएका छन् ।
 
खाल्डाखुल्डी सडकमा सवारी साधन चलाउन जोखिमपूर्ण रहेको जनकपुर अञ्चल बस व्यवसायी संघका सदस्य समेत रहेका यातायात व्यवसायी रोहित चौधरी बताउँछन् । ‘सानो वर्षामा पनि खाल्डाखुल्डीमा पानी जमेर सडक हो कि तलाउ छुट्याउनै गाह्रो हुन्छ । वर्षाको पानीले सडक नालाबाट खोला बगे जस्तै हुन्छ’ चौधरी सुनाउँछन् ।

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

‘इपिसेन्टर’ मधेस : तराई मधेसमा मुस्लिम समुदायको भोट कसलाई ?

राजपाको हेडक्वाटर सर्लाहीमै राजपा कमजोर !

स्थानीय चुनावपछि मधेसमा आन्दोलन हुन्छ कि हुँदैन ?

यस्तो छ सिङ्गापुर बनाउने वाचा गरिएको जनकपुरको रियालिटी (फोटोफिचर)

तराई–मधेस अझै डुबानमा (फोटोफिचर)


जनकपुरको सडकको अवस्ता सुधार्न स्थानीय, व्यवसायी तथा सरोकारवालाले सम्बन्धित पक्षलाई पटक–पटक ध्यानाकर्षण गराएपनि सुनुवाई भएको छैन । नगरको सडकको गुनासो बढेपछि शहरी तथा भवन विकास मन्त्रि प्रभु साहले स्थलगत अवलोकन अनुगमन नै गरेका थिए । मन्त्री साहले अनुगमन गर्दै सडकको अवस्था तत्काल सुधार्न निर्देशन दिएका थिए । उनले निर्माणको नाममा सडकको बीचबीचमा ठूलठूला खाल्डा खनेर दुःख दिने काम बन्द गर्न ठेकेदारलाई निर्देशन दिएका थिए । यद्यपि, सडकको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय युवा संजीव कुमार साह बताउँछन् ।


 
जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर अञ्चल बस व्यवसायी संघ सहित विभिन्न संघसंस्थाले प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईंलाई सडक सम्बन्धमा जानकारी गराउंदै आएका छन् । ‘ठेकेदारले एकीकृत शहरी विकास आयोजना तथा उपमहानगरलाई आरोप लगाउंछ, उपमहानगरले ठेकेदारलाई । एकले अर्कामाथि जिम्मेवारी थोपर्ने प्रवृतिबाट जनकपुरका व्यवसायी तथा स्थानीय मारमा परेका छौं, साहले भने—‘चुनावका बेला नेताहरु विभिन्न वाचा प्रतिवद्धता दिएर जान्छन् तर चुनाव सकेपछि र जितेपछि विकासको एजेण्डा नै हराउँछ । अहिले विभिन्न पार्टीका मेयर उम्मेदवार भोट माग्न आउँछन् विकासका नारा लगाउँछन् तर जितेपछि सबै कहाँ जान्छ थाहा हुँदैन । भोट त दिने तर भोट दिने ठाउँमा कसरी पुग्न सकिन्छ भन्ने बुझन् सकिरहेको छुइनँ ।’
 
‘नेपाल सरकारले प्रदेश नं.२ को विरगञ्जलाई आर्थिक केन्द्र र जनकपुरलाई राजधानी बनाउने तयारी गरिरहँदा नगरको सडकको यो अवस्था अशोभनीय छ,’ युवा व्यवसायी अभिजित सिंहले भने, ‘सरकारी निकाय तथा ठेकेदारको वेवास्ताको परिणाम हो । सम्बन्धित पक्ष सडक मर्मत र सुधार गर्नुपर्छ ।’
 
नगरको मुख्य सडक मानिएको जनकपुर चुरोट कारखाना—मिल्स एरिया—भानु चोक सडक खण्ड पछिल्लो तीन महिनादेखि बन्द छ । ठेकेदारले अवैज्ञानिक तरिकाले सडकको बीचमै ठूलो खाल्डो खनेपछि बाटो बन्द छ ।

 
सडक डिभिजन, एशियाली विकास बैंक(एडीबी), शहरी तथा भवन विकास डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, उपमहानगर र नगर विकास कोषको लगानीमा सडक तथा ढल निर्माण सुधारको योजना कार्यन्वयनमा छ । तर, कामको गति निकै धिमा छ । जसले नगरबासी पीडित छन् ।

नगर क्षेत्रभित्रका सवै सडक भत्किएको छ । भत्काइएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलैधुलो जनकपुरको सडकको विशेषता नै बनेको छ ।
 
निर्माण व्यवसायी वृजेन्द्र सिंह अस्तव्यस्त सडकका कारण नगर क्षेत्रभित्र सवारी साधन चलाउन अत्यन्तै जोखिम र कठिन भएको सुनाउँछन् । नगरका परिक्रममा सडक, मुरली चोकदेखि पुरानो बस पार्कहुँदै जिरो माईल, जचुकालीदेखि मिल्स एरिया हुँदै भानु चोक, कदम चोक, भानु चोकदेखि रेल्वे स्टेशन रोड, रेल्वे स्टेशनदेखि शिवपथहुँदै पुल चोकसम्मको सडकका खाल्डाखुल्डी धराप जस्तै भएका छन् ।
 
‘कुन खाल्डोका कारण कतिखेर दुर्घटना हुन्छ, यकिन गर्ने अवस्था छैन्, व्यवसायी सिंहले भने ‘जीर्ण सडकका कारण यात्रुहरु जोखिम मोलेर सवारी चलाउनन बाध्य छन् ।’


 
एडीबीको योजना सुस्त
जनकपुर उपमहानगरपालिकाका प्रमुख इन्जिनियर वीरेन्द्र यादवका अनुसार

–एडीबीको २ अर्व ऋण अनुदान सहयोगमा परिक्रमा सडक अन्तर्गत ४.६९ किलोमिटर, मुरली चोक देखि शिव चोक,जनक चोक हुँदै रेल्वे स्टेशन सम्म १.८२ किलोमिटर, मुरली चोक देखि जनकपुर विमान स्थल सम्म १.२२ किलोमिटर, जानकी मन्दिर देखि रामानन्द चोक सम्म १.०३ किलोमिटर र शिव चोक देखि राम चोक सम्म ०.५३ किलोमिटर सडक कालो पत्रे हुँर्दैछ ।

–यस्तै बाह्र विघा, जनकपुर अञ्चल अस्पताल हुँदै राम मन्दिर,कदम चोक,जलाद नदि सम्म २ हजार ७ सय ३६ मिटर अत्याधुनिक नाला निर्माण गरिदंैछ ।

–मिल्स एरिया देखि जानकी मन्दिर सम्म ९ सय ३ मिटर, शुभ चोक देखि शिव चोक हुँदै कदम चोकसम्म १ हजार ३ सय २१ मिटर, देवी चोक देखि जानकी मन्दिर सम्म ५ सय १८.७५ मिटर, किशोरी नगर देखि रेल्वे स्टेशन रोड हुँदै शिव चोक सम्म ६ सय ५०.२५ मिटर, जनकपुर उद्योग वाणिज्य संघ रोड, भानु चोक रोड, थापा चोक, शंकटमोचटन, जनक चोक सहित ३२ किलोमिटर नाला निर्माण भईरहेको छ ।

यी बाहेक अन्य सडकहरु अन्य निकायले गर्दैछन् । निर्माण हुन कम्तिमा एक वर्ष लाग्ने उनको अनुमान छ । भने, ‘बढी समस्या देखिएका सडकको चाँडै नै मर्मत सम्भार गरी सुधार गर्दैछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप