शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक्ष्य जिन्दगीको’ शुभमुर्हूत

सोमबार, ०१ भदौ २०७७, १२ : १७
सोमबार, ०१ भदौ २०७७

काठमाडौं – फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको छ । फोटोग्राफर सुनिल राजभण्डारीको निर्माणमा फिल्म बन्न लागेको हो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लिको प्रस्तुतिमा सोमबार बिहान काठमाडौको मैतिदेवी मन्दिरमा सामाजिक दुरी कायम गरेर फिल्मको शुभमुर्हूत गरिएको छ ।

सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बालन घिमिरे, कबिता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुम्तिा मुढभरी, अशोक भुजेललगायतको अभिनय फिल्ममा रहनेछ ।  फिल्म रमेश राइले निर्देशन गर्दैछन् । 

सावित्री राजभण्डारी र संयम राजभण्डारी कायकारी निर्माता रहेको फिल्ममा छायाँकन जीवन श्रेष्ठको रहने छ । कोरोनाको कहर केही सहज भएपछि फिल्म छायाँकनमा जाने निर्माता सुनिल राजभण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप